ईलाका प्रहरी कार्यालय अमिलियाको भवन उद्घाटन



टेक बहादुर पुन

दाङ १ असोज । ईलाका प्रहरी कार्यालय अमिलियाको नव निर्मित भवनको उद्घाटन गरिएको छ । भवनको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कृष्णहरी शर्माले उद्घाटन गर्नु भएको थियो । ४ कोठे पक्की भवनको उद्घाटन गर्दै प्रमुख शर्मालेस्थानिय सरकारले बजेट बिनियोजित गरेर बनाएको प्रहरी भबन नेपालमै पहिलो भएको वताउनु भयो । प्रमुखले शर्माले समाजमा हुने घटना प्रहरी र नागरिक मिले निर्मुल पार्नु पर्ने बताउँनुभयो ।

 

जिल्लामा अपराधिक घटना मात्र नभई प्रहरी कर्मचारीले पनी गलत गरे सम्पर्क गर्न सेमत आग्रह गर्नुभयो । कार्यक्रम लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेष वहादुर केसीको अध्यक्षतामा सम्पन भएको थियो ।वडा अध्यक्ष केसीले नवनिर्मित ४ कोठे भवनको चाबी जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रमुख शर्मालाई हस्तान्तरण गर्नुभएको हो । लमही नगरपालिका ९ नं करिव ५ लाखको वजेट वाट उक्त भवन निर्माण गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्