पर्यटकीयस्थलमा गोली प्रहार, छ को मृत्यु



मेक्सिको सिटीको गारीबाल्डी प्लाजामा भएको गोलीकाण्डमा थप एक व्यक्तिको मृत्यु भएको छ। सो क्षेत्रमा मृत्यु हुनेको संख्या छ पुगेको सुरक्षा अधिकारीहरुले बताएका छन्। मेक्सिको सिटीको महान्यायाधीवक्ताको कार्यालयका अनुसार मारिएका छैठौँ व्यक्ति ३२ वर्षीय पुरुष रहेका छन्।

गत सेप्टेम्बर १४ मा मेक्सिकोको प्रख्यात पर्यटकीय प्लाजामा उक्त गोलीकाण्ड भएको थियो। त्यस गोली प्रहारमा यी व्यक्ति पनि गोली लागेर घाइते भएका थिए।

अस्पतालमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको हो। मेक्सिको सहरको ऐतिहासिक केन्द्रनजिक रहेको बारलाई लक्षित गर्दै गायकको पोशाकमा रहेका एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

महान्यायाधीवक्ता एडमुन्डो गारिडोले लागूऔषध ओसारपसार गर्ने व्यक्तिहरुबीचको झगडाका कारण गोली चलेको अनुसन्धानबाट देखिएको स्थानीय सञ्चार माध्यमलाई बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्