९ महिने बालिका अपहरण प्रकरण -बालीका यस्तो अबस्था भेटिइन



कन्चनपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा दुव्र्यवहारमा परेकी बालिकाको मेडिकल रिपोर्ट अझै आउन सकेको छैन ।
घटनाको प्रकृति हेर्दा बलात्कार नदेखिएपनि बालिकाको संवेदनशील अंगमा के कति कारणले घाउ भयो भन्ने कुरा अझै खुल्न सकेको छैन ।

पुनर्वासका प्रहरी निरिक्षक कर्ण बमका अनुसार, यस्तो थियो घटना –

राती एक बजे फोन आयो । एकजना बालिका हराएकी छ भन्ने सूचना पाएपछि म तत्कालै घटनामा पुगे । १ बजेर १५ मिनेटमा म उनको घर पुगिसकेको थिए । घटनाबारे बुझे । अनि खोजतलास गर्न निर्देशन दिए ।

घटना भएको गाउँ भारतीय सीमा नजिकै पर्ने भएकोले सीमाक्षेत्रमा पनि टोली खटाए । तर राती केही पत्तो लागेन ।
बिहान पनि हाम्रो खोजतलास जारी नै थियो । हामीले त्यो पुरै क्षेत्रमा सर्च गरिरहेका थियौं ।

बिहान ६ बजेर ४० मिनेटतिर घटना भएको घरबाट एक किलोमिटर टाढा धानको खेतको छेऊमा रुँदै गरेको अवस्थामा बालिका भेटिइन ।
यतिबेलासम्म जिल्लामा पनि खबर गरिसकेको थिएँ ।

बालिका रुँदै गरेको अवस्थामा थिइन । उनको शरीरमा कपडा थिएन । एउटा सानो चुन्नी सल उनको कमरमा थियो । हामीले भेटने बित्तिकै हजुरआमालाई दियौं । हजुरआमाको काखमा जाने बित्तिकै बालिका रुन छोडिन । पछि आमाको दूध पनि खाइन ।

हामीले त्यहीबीचमा प्रक्रिया नै पुरयाएर बालिकालाई उनको आमा र हजुरआमालाई जिम्मा लगाउने निर्णय गरेका थियौं । मेयर, उपमेयर र जिल्लाबाट पनि एसपी साब आउनु भयो । पत्रकार र महिला समूहलाई पनि बोलायौं । ८ बजेर ४० मिनेटमा हामीले परिवारको जिम्मा लगाएका थियौं ।

बालिकालाई उनको परिवारको जिम्मा लगाउँदा उनीमाथि यौन दुव्र्यवहार या बलात्कार या त्यस्तो केही भएको जस्तो देखिदैनथ्यो । एसपी साबले समेत परिवारलाई अब नआत्तिन भनेर सान्त्वना दिनुभयो । बालिकालाई । एकदुई रोटी बिस्कुट पनि चियासँग खुवाईएको थियो । हराएकी छोरी भेटिएकोमा सबै खुसी थिए । अरु केही पनि हुन सक्ला कि भन्नेतर्फ कसैको ध्यान थिएन ।

रातभरी नसुति चौतर्फी खोजी गरेर बालिका पत्ता लगाउन सकिएको थियो । प्रहरीले निकै उच्च सतर्कता र संवेदनशीलता अपनाएको थियो । जिल्लाबाट समेत साबहरु आएका थिए । सकुशल छोरीलाई परिवारको जिम्मा लगाएको बेलुकी ६ बजे परिवारका मानिसले फेरी हामीलाई सम्पर्क गरे ।

छोरीको संवेदनशील अङ्ग सुन्निएको छ, अलिकति खोस्रिएको पनि छ भने ।

हामी तत्कालै फेरी त्यहाँ गयौं । अनि केस फाराम भर्न लगायौं । उपचारका लागि निवेदन समेत लेख्न लगायौं र धनगढी रेफर गर्यौं ।
डाक्टरले यो नै हुनसक्छ भनेका छैनन् । गुदद्वारा र योनीको बीचको भागमा सुन्निएको छ । पछि समस्या पर्न सक्छ, त्यसैले त्यहाँ सामान्य छालाको अपरेशन गर्नुपर्छ भनेर कान्ति बाल अस्पतालमा रेफर गरेपछि अहिले बालिकालाई काठमाडौं लगिएको छ ।

म अहिले पनि गाउँमा नै छु । अपहरण गर्नेको खोजीमा छौं । अहिलेसम्म केही पत्ता लागेको छैन । अप्रेशन जारी राखेका छौं ।

हामीले “परिवारलाई बिहान केही देखिएको थिएन । बालिकालाई घरमा ल्याएपछिका सबै घटना” सोध्यौं । उनीहरुले दिएको जानकारी अनुसार, दिउँसोतिर उनीहरुले भेटिएकी बालिकालाई नुहाएर तेल लगाएका थिए । नुहाउँदा र तेल लगाउँदा खेरि केही देखिनुपर्ने हो । तर पछि मात्रै सुन्निएको देखिएको भने कान्छो सासुले भनेपछि अरुले नि थाहा पाएर हामीलाई खबर भएको रहेछ ।

यो घटनामा बलात्कार भएको भए यौनाङ्गमा थप क्षति हुनुपर्ने हो, त्यो देखिँदैन । बाहिरमात्रै सुजन छ । यो अब के कारणले भयो भन्ने कुरा अझै खुल्न सकेको छैन । भोलीसम्म मेडिकल रिपोर्ट आएपछि केही भन्न सकिने अवस्था छ ।

प्रहरीका तर्फबाट उच्च सतर्कता अपनाएका छौं । तर प्रहरीले मात्रै अपराधका घटना रोक्न सक्दैन । गाउँ टोलवासी पनि अपराध नियन्त्रण गर्न र सकारात्मक सोच भएको समाज निर्माण गर्न अघि सरे अपराधले जन्म लिन पाउँदैन । हामीले शान्ति सुरक्षा दिने कुरामा कुनै कमी राखेका छैनौं ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्