कलंकीमा सामूहिक बलात्कार प्रकरण- मामाले नै होटलमा पुर्याएका थिए भान्जिलार्इ



काठमाडौं । २१ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल संचालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन् ।

नागार्जुन नगरपालिका-७ हसनटार बस्ने २१ वर्षीया युवतीलाई उनीहरुले ललाई फकाई नगरकोटीले संचालन गरेको होटलमा जवरजस्ती करणी गरेको बताइएको छ । ती महिला सोमबार स्यूचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो ।

मामाले पुर्याएका थिए युवतीलार्इ होटलमा

प्रहरीका अनुसार युवतीलाई अर्जुनले उक्त होटलमा पुर्‍याएका रहेछन् । उनीहरूबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

प्रहरीकाअनुसार लामाले युवतीकी आमालाई दिदी बनाएका थिए । कानसमेत नसुन्ने युवतीलाई अर्जुनले भान्जी भन्थे । सोमबार बिहानदेखि युवती उनै मामा मानेका लामासँगै थिइन् । दिउँसो करिब ४ बजेतिर लामाले होटेलमा खाजा खान भन्दै लगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

स्युचाटारमा रहेको होटलमा पुगेपछि युवतीको सामूहिक बलात्कार भयो । मामा पनि सँगै थिए । घटनाको थप अनुसन्धान भइरहेको एसपी रामदत्त जोशीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

dainiknepal

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्