एकैसाथ ३० हाेटलमा छापा, ९ जाेडि पक्राउ



कोहलपुर ।बाँकेको कोहलपुरमा सञ्चालन रहेका विभिन्न होटेलहरुमा सेक्स र्याकेट सञ्चालन भएको चर्चा चलेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले एकसाथ दर्जनौं होटेलमा छापा मारेको छ ।

कोहलपुर क्षेत्रमा संगठित रुपमा नै अवैध यौन कारोबार भैरहेको सुचनाको आधारमा प्रहरीले शनिबार राती विभिन्न स्थानमा छापा मारेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेश बहादुर सिंहले बसपार्क, न्यूरोड, चप्परगौडि लगायतका विभिन्न स्थानहरुमा एकसाथ छापा मारिएको जानकारी दिए ।

त्यसक्रममा प्रहरीले नौ जोडिलाई नियन्त्रणमा लिएको छ । व्यवसायी हुन् वा प्रेमी प्रेमिका हुन् भन्नेबारे अनुसन्धान भैरहेको छ, डिएसपी सिहले भने ।

यौन व्यवसायी रहेछन् भने व्यवसाय सञ्चालन गर्नेलाई र होटल समेतलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।

केही दिन यता अधिकारकर्मी महिलाहरुले कोहलपुरका कतीपय होटल व्यवसायीहरुले यौन व्यवसायलाई मलजल गरिरहेको भन्दै प्रहरीलाई ध्यानाकर्षण गराएपछि शनिबार एकसाथ ४० बढी प्रहरी परिचालन गरेर छापा हानिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्