पूर्वप्रधानमन्त्री माधव नेपाल एक साताका लागि घाना प्रस्थान



काठमाडौं : नेपाल कम्युनिस्‍ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल घाना भ्रमणमा गएका छन्। साम्राज्यवादी तथा पुँजीवादीविरोधी सम्मेलनमा सहभागी हुनका लागि नेता नेपाल बुधबार घानातर्फ प्रस्थान गरेका हुन्।

नेपालसहित उक्त टोलीमा नेकपा स्थायी समिति सदस्य पम्फा भुसाल र नेकपा केन्द्रीय सदस्य बलराम बास्कोटा सहभागी छन्।

सोसियलिष्ट पार्टी अफ घानाको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका नेता नेपाल सहितको टोली एक हप्तापछि आगामी भाद्र ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

नेता नेपाललाई बिदाइ गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल लगायतका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्