नेपाल भाषा अध्यापन वारे छलफल



काठमाण्डौ ।
नेपाल भाषा अध्यापन गर्ने गराउने विषयमा रत्नराज्य क्याम्पसमा छलफल भएको छ । छलफलमा सहभागीहरुले नेपाल भाषा संरक्षणका साथै भाषा प्रवर्धनको लागि विए प्रथम वर्ष भर्ना अभियान संगै भाषा कक्षालाई व्यापक बनाउने विषयमा छलफल भएको रिदेन महर्जन ले जानकारी दिएका छन् ।
नेपाल भासा सेभिङ्ग मुभमेन्टको आयोजनामा भएको छलफल कार्यक्रममा अभियन्ताहरु रीदेन महर्जन, इन्द्रमान महर्जन, प्रशान्त डंगोल, रितेश मल्ल, शिवराम मुनिकार, महेश्वर श्रेष्ठ, जेनेश मुनिकार, कविन श्रेष्ठ, सुरोज तण्डुकार, राजेश श्रेष्ठ लगायतले विचार राखेका थिए ।
वक्ताहरुले नेपाल भाषा अध्ययन गर्न चाहनेहरुको लागि छात्रवृतिका साथै रत्नराज्य क्यामम्पसमा मात्र नभई अन्य विद्यालय तथा क्याम्पसहरुमा समेत अध्यापन गराउन सके भाषिक विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास लिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्