भी एन कलेजद्धारा विद्यार्थीहरुलाई स्वागत



घोराही ४ असोज।

 

घोराही नयाँ भि एन क्याम्पस सन्चानमा आएको छ । उपमहानगरपालिका वडा नं १५ मा रहेको सान्ती निकेतन विद्यालयमा कक्षा सन्चालन हुने आज प्रथम वर्षका विद्यार्थीहरुको स्वागत कार्यक्रममा जानकारी गराईएको छ ।

शिक्षा संकायमा मात्र पढाई हुने उत कलेजमा हाल प्रथम वर्षमा १ सय ७ जना विद्यार्थीहरु भर्ना भएका छन् ।

यसै वर्ष देखि संचालनमा आएको यस भि एन कलेजले आज अन्तरक्रिया तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन , प्याप्सन दाङका अध्यक्ष यादव गिरी, पद्मोदय मा वि प्राचार्य कृष्णराज डि सी , शिक्षक निश्चल आचार्य , छात्रा उसा घर्ति मगर र छात्र रुपकराज भण्डारीले लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्नेहरुले शिक्षा मानव जीवनको अंग भएकाले अव सबैले गुनस्तरिय शिक्षा प्राप्त गर्नुपर्नेमा जोड दिएका थिए । क्यामपप प्रमुख शरदकुमार आचार्यको अध्यक्षता तथा गोविन्द न्यौपानेको प्रमुख आतिथ्यता एवम कार्यक्रम सम्पन्न भएको हो । शिक्षक निसान्त आचार्यले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्