परियार सेवा समाजका अध्यक्ष केशव नेपाली लाई सम्मान



बिष्णुकुमार देवकोटा
दाङ असोज ५

परियार सेवा समाजका जिल्ला अध्यक्ष तथा समाजसेवी केशव नेपाली लाई देउखुरीमा सम्मान गरिएको छ ।
परियार सेवा समाज साविक क्षेत्र नं १ को को देउखुरी समिति तथा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ नगर समितिले संयुक्तरुपमा नेपाली लाई स्वागत तथा सम्मान गरेको हो ।

पाण्डवेश्वरी यातायात प्रा.लि.का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका नेपाली लाई समाजको बहुआयामिक क्षेत्रमा सेवा गरेको भन्दै समाजले सम्मान गरेको परियार सेवा समाजका क्षेत्रीय अध्यक्ष ठगेन्द्र परियार ले बताउनुभयो ।
नेपाली लामो समय देखी जिल्लाको दलित समुदायको आत्मसम्मानका लागि संघर्षरत हुनुहुन्छ ।

दलित समुदायको आत्मसम्मान, कला संस्कृतिको उत्थान तथा अन्य समुदाय संगको समन्वय को पाटोमा सकृय रहनु भएका नेपाली दलित समुदायका लोकप्रिय नेता हुनुहुन्छ ।

नेपालीकै नेतृत्वमा राष्ट्र एकिकरणका बेला श्री ५ बडामहाराज धिराज पृथ्वि नारायण शाहलाई आर्थीक सल्लाह दिने आर्थिक सल्लाहकार बिसे नगर्चिको सालिक दाङमा निर्माण गर्ने अभियानका संयोजक समेत नेपाली हुनुहुन्छ ।

परियार सेवा समाज क्षेत्रीय अध्यक्ष ठगेन्द्र परियारको सभाअध्यक्षता एवं परियार सेवा समाजका जिल्ला अध्यक्ष केशव नेपालीको प्रमुख आतिथ्य तथा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघका नगर समितिका अध्यक्ष कैलाश नेपालीको विसिष्ट आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा परियार सेवा समाजका जिल्ला उपाध्यक्ष तेज बहादुर नेपाली, जिल्ला सदस्य एकराज नेपाली, क्षेत्रीय सदस्य नेत्रमणी परियार लगाएतले बोल्नुभएको कार्यक्रमको सहजिकरण क्षेत्रीय उपाध्यक्ष बुद्धिराम परियारले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्