अमेरिकाबाट गरिब बिद्यार्थीलाई सहयोग



 

तुलसीपुर, ६ असोज ।

अमेरिकाबाट दाङका गरिब, दलित तथा बिपन्न बिद्यार्थीहरुलाई सहयोग गरिएको छ । सीम्रिक क्रियसन मेलवर्ण अष्ट्रेलियाले बिद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री सहयोग गरेको हो । अष्ट्रेलियामा रहेका दाङ तुलसीपुरका उत्सव लामिछाने, गौरव पन्त र उत्सव निरौलाको पहलमा गरिब, दलित तथा बिपन्न बिद्यार्थीहरुलाई सहयोग गरिएको हो ।

नवजागरण महिला तथा वालसंरक्षण केन्द्र ( न्युसिपिसि) मार्फत उक्त सामग्री तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को ज्ञान ज्योती आधारभूत विद्यालयमाका बालबालिकालाई खेलकुद र शैक्षिक सामाग्री वितरण गरिएको हो । शुक्रबार बिद्यालयमा एक कार्यक्रम गरि त्यस बिद्यालयमा अध्ययनरत १० जना बिद्यार्थीलाइ शैक्षिक सामग्री वितरण गरिएको हो भने त्यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि फूटबल, क्यारेम बोर्ड, चिप्लेटी हस्तान्तरण गरिएको हो ।

न्यूसिपिसिका अध्यक्ष निशा लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सुर्यबहादुर डाँगी‘श्याम’, शिक्षा शाखा प्रमुख देवराज बिश्वकर्मा, वडा नं. ६ का अध्यक्ष नवराज लामिछाने, कार्यक्रम संयोजक भीम खत्री, नानुमैया केसी, प्रकास केसीलगायतको टोलीले बिद्यार्थी तथा बिद्यालयलाई उक्त सामग्री हस्तानतरण गरेको हो ।

बिद्यालयका प्रअ मेघराज घिमिरे, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर बिकलगायत, बिद्यार्थी र शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि डाँगीले सबै युवाहरुको सोँच यस्तै सकारात्मक भए मुलुकले कोल्ने फर्न सक्ने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्