तुलसीपुरमा छोरी बलात्कार गरेको आशंकामा बुवा पक्राउ



घोराही ६ असोज।
दाङमा एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आशंकामा बुवा पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको सुचनाको आधारमा अनुसन्धानको लागि पक्राउ गरेको एलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बालिकाको योनीमा घाउ भएपछि उपचारका क्रममा बालिका बलात्कृत भएको रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी नआए पनि अनुसन्धानको लागि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

‘पिडित पक्ष उपचारको लागि जिल्ला वाहिर हुनुहुन्छ, आएपछि कानुनी प्रकृया शुरु गछौं ।’ डिएसपी सापकोटाले भने ।
बालिकाको उपचार दाङमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर उपचार भइरहेको र मेडिकल रिपोर्ट आएपछि घटनाको पुष्टि हुने उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्