कांग्रेसको दुई नम्बर प्रदेश स्तरीय भेला, प्रदेश विकासको खाका कोर्न नेताहरुको जोड



सैघाली खबर
साउन,६

कांग्रेसको दुई नम्बर प्रदेश स्तरीय भेलामा सहभागी अधिकांशले प्रदेश विकासको खाका सहित चुनावमा जानुपर्ने बताएका छन् । यसअघि सम्पन्न दूई चरणका स्थानीय चुनावमा भएको हारको कारण खोज्नु पर्ने अबको चुनावमा त्यसलाई दोहोरिन दिन नहुने धारणा छलफलमा सहभागिहरुले राखेको कांग्रेस नेता आनन्द प्रसाद ढुंगानाले जानकारी दिनुभयो । हिजो देखि जारी भेलामा दुई नम्बर प्रदेशमा कांग्रेसको अवस्थाको बारेमा छलफल भईरहेको छ । छलफलका क्रममा कांग्रेस नेताहरुले एमालेलाई नै दुई नम्बर प्रदेशमा पनि मूख्य प्रतिस्पर्धी ठानेका छन् । तर कांग्रेसको पुरानो पकड भएकाले विकासको खाका सहित प्रचारप्रसारमा जान सके राम्रो प्रभाव पार्न सकिने नेताहरुको विश्लेषण छ । दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद, पार्टी सभापति र क्षेत्रिय सभापति लगायतले चुनावको विषयमा धारणा राखिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्