दाङ घोराहीमा एक सय रुपैयाँमा मासुभात ! , मासिक ६० हजार कमाई 



बिष्णुकुमार देवकोटा

दाङको एक होटेललमा एक सय रुपैयाँ मा मासु भात खानपाइन्छ भन्दा यो महंगीमा तपाईलाई विश्वास लाग्दैन होला । अँझ राजमार्गमा कस्टकर यात्रा गर्दे राजमार्गका होटेलहरुमा कोचाकोच गर्दै पन्याइलो दालको झोल र २ चोक्टा मासुको ३ सय ८० रुपैया तिरेर एक छाक खाना खाएकाहरुले त पत्याउने कुरै भएन । तर यदि तपाई दाङ को घोराहीमा हुनुहुन्छ र खल्तिमा रु.१०० छ र तपाईलाई मासुभात सुरुप्प खान मन छ भने ढु्क्क हुनुस तपाई लाई मासु रोजी रोजी मासु भात खुवाँउछ घोराही उपमहानगरपालिका वडा नं १४  बसपार्कमा रहेको नमस्ते स्टाफ होटेल एण्ड लज ले ।

होटेल संचालक सुसिल श्रेष्ठ

बसका सफहरुमात्र होईन सबै सर्बसाधारणहरुका लागी रु. १०० मा मासुभात रोजी रोजी खाना खान पाइन्छ । मिडिया नेपाल दाङ जिल्ला कार्यसमितिका सहसचिव अंकित डिसि भन्नुहुन्छ “स्वच्छ, सफा मासुखाना त्यो पनि १ सय रुपैयाँमा पाइने हुँदा प्राय जसो यहिं खाना खाइन्छ ” । हामिले स्थलगत अनुगमन गर्दा होटेलमा खाना खाँदैहुनुहुन्थो युवा व्यवसायीराम बहादुर वलि स्वच्छ, सफा खाना त्यो पनी सय रुपैयाँमा पाइने हुँदा आफु यहाँ खाना खान आचउने गरेको बताउनुभयो ।

पहिला गाडि चलाउने पेशा छोडेर सपरिवार  होटेल पेशा मा लागेको होटेल संचालक सुशिल श्रेष्ठ बताउनुहुन्छ । “ बिदेश जानुभन्दा केहि नयाँ सोचका साथ होटेल पेशामा बिगत ४ बर्ष देखी छु, खुसी छु ” श्रेष्ठले भन्नु भयो ।

मासिक करिब ६० हजार रुपैयाँ बचत गर्दै आउनुभएका श्रेष्ठ ले दैनिक १ सय ५० जनाले खानाखाने गरेको जानकारी दिनुभयो ।
“अर्डर अनुसार ५ सय जना सम्म लाई पनि खाना खुवाउन सक्छु ” श्रेष्ठले दावी गर्नुभयो ।

अब त विश्वास लाग्यो नी ? दाङ आउनुभयको छ भने एक पटक नमस्ते होटेलमा रु.१०० मा मासुभात खाने की ?

( भिडियो सैघाली अनलाइन टिभीमा हेर्न सकिन्छ )

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्