ठुलो बहस – स्कूल बसलाई के ट्राफिक नियम लाग्दैन ?



बिष्णुकुमार देवकोटा,
दाङ  ९  असोज 

 

असोज  ८  गते करीब ४ः४५ बजे घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर को धरापयुक्त क्षेत्रमा गोरखा बोर्डिङ्ग स्कूलको बिद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त भयो ।

बस चालक तिलक बहादुर डि.सी. सहित २ जना शिक्षक र २१ जना बिद्यार्थी घाइतेहुन पुग्छन् । गम्भीर रुपमा घाइतेभएका बस चालक डि.सी. र तीन जना बिद्यार्थीहरु दीपेश के.सी, बिक्रम पोख्रेल र इश्वर खड्का लाई थप उपचारका लागि नेपालगन्ज रिफर गरियो र सामान्य घाइतेहरुलाई अञ्चल अस्पताल तुलसिपुर र राप्तिउपोत्रीय अस्पताल घोराहीमा उपचार पस्चात डिस्चार्ज भई घरमा फर्किए ।

२०७३ सालमा सोतामा आएको बाढीले कल्भर्ट बगाएर बिग्रियको बाटो सामान्य मर्मत समेत नहुँदा उक्त भयंकर दुर्घटनाको घट्न गएको सवारी चालकहरुले बताए ।

देशमा तिनै तहको निर्वाचन समेत सम्पन्न भई तिनै तहको सरकार समेत गठन भईसकेको अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले त्यो भत्कीएको बाटे मर्मत गर्न वा स्तरोन्नती गर्न किन बजेट बिनियोजन गरेन ? प्रस्न खडाभएको छ ।

गोरखा स्कूलको बस दुर्घटना ग्रस्त भएपछि अभिभावहरुमा एक प्रकारको त्रास पैदा भएको छ । जिल्लामा यो घटनाले एउटा ठूलो प्रस्न खडाभएको छ के अब स्कूल बस पनि सुरक्षीत छैनन् त ? सुरक्षाकै दृटिकोणले अधिकाँस अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बिद्यालयको बसमा अतिरीक्त शुल्क तिरेर पढ्न पठाउछन् । अब किन पठाउने ?

केही समय अघि नारायणपुर को सौडिकुला क्षेत्रमा पद्यमोदय पब्लिक घोराहीको बस बिपरित दिशा तर्फबाट आइरहेको गाडि संग ठोक्कियो , त्यतिबेला पनि सडक र बिद्यालयका गाडिहरुको सुरक्षाको बिषयमा चर्चा चलेको थियो ।

मोतिपुरको घटना ओभर टेक गर्दा घटना घट्न गएको हुनसक्ने प्राचार्य बिजयमान जिएमले आँकलन गर्नुहुन्छ ।
त्येसो भए के बिद्यालयका सवारी चालकहरुलाई मोडमा ओरटेक गर्नुहुन्न भन्ने सामान्य ज्ञान पनि छैन त ?

अनाडि सवारी चालक, बिद्यालय जस्तो शंबेदनसील क्षेत्रको सवारी चलाउदै छु र भविस्यका कर्णधार बालबालिकाहरुलाई बोकेर हिड्दैछु भन्ने सामान्य ज्ञान समेत नभएका सवारी चालकहरुलाई अणुशिक्षण दिने दायित्व के बिद्यालय प्रशासनको होइन ?

स्कूल बस चालकहरु सवारी चालक हुन् र ति सवारी सडकमा गुड्छन् नकी आकासमा रकेट को स्पिडमा किन चलाउनुपर्यो । कहाँजान हतार हुन्छ ? केहि हद सम्म सडकको अवस्था जिम्मेवार होला सडक दुर्घटना हुनुमा तर त्यो जहाँ बस पल्टिियो त्याँहा सडकलाईदोष दिने ठाँउछैन ।
अब प्रस्न उठ्छ के हामिले सवाी चलाउन नजान्नेलाई चालक अनुमति पत्र त बाँडेका छैनौ ?

दुर्घटना हुनुमा दोषि उपमहानगरपालिका , डिभिजन सडक कार्यालय पनि उत्तिकै जिम्मेवार छन् । बिग्रियको सडक अगाडि सावाधान बोर्ड किन राखिएन ?

सिट क्षमता भन्दा बढि यात्रु बोक्ने सार्वजनीक सवारी साधनलाई ट्र«ाफिक प्रहरीले जरीवाना काट्छ तर सिट क्षमता भन्दा तेब्बर बिद्यार्थी बोक्ने स्कूल बसलाई किन छुट दिइन्छ ?

 

 

ओभर स्पिड। संबेदनाहिन चालक, सडको अवस्था, अत्तरदायित्व बिहिन सरकार÷जनप्रतिनिधी, कर्तव्यच्यूत ट्र«ाफिक प्रहरी कै कारण सवारी दुर्घना हुनेगरेको अभिभावक घनस्याम डाँगि बताउनुहुन्छ ।

 

बाटो भत्किीएको १५ महिना सम्म बाटो स्तरोन्नती नगरीनु लाजमर्दो अवस्था को श्रीजना कसले के नियतले गर्यो ? गम्भिर प्रस्न खडाभएको छ ।

सीट क्षमता भन्दा करीब तेब्बर बिद्यार्थीहरुलाई कोचाकोच गरेर ओसार्दा दुर्घटना भयो भने के हुन्छ ?

 

निजी बिद्यालयहरुको छाता संगठनहरु प्याब्सन र एन प्याब्सन जस्ता नियामक निकायहरु किन मौन छन् यस बिषयमा ? के यो अनुगमन गर्नु र बिद्यार्थीहरुलाई सुरक्षीत रुपमा ओसार पसार गर्नु÷ गराउनु प्याब्सनको दायित्व होइन ?

 

यस बिषयमा जिल्ला ट्र«ाफिक प्रहरी प्रमुख मदन बहादुर कँवरले प्याब्सन र एन प्याब्सन संग यस बिषयमा छलफल गरिएको र ओभरलोड गरीयात्रा नगर्न÷ नगराउन चेतावनी दिइएको बताउनुभयो । कुँवरका अनुसार प्याब्सन र एन प्याब्सन ले दुई महिनाको समय मागेको र दुई महिनापछि स्कूलबसहरु थपगरी सुरक्षित आाबगमन गराउने लिखित प्रतिबद्धता समेत गराइएको जानकारी दिनुभयो ।

यदि त्यसो हो भने आजका मित सम्म कीन कुनै बिद्यालयका बसहरु एउटापनि कार्वाहीमा परेन ?

के आजका मिती सम्म ट्र«ाफिक प्रहरीले कुनै पनि चालकलाई प्रशिक्षण दिएको छ ?
बिद्यालयका सवारीसाधनहरु चलाउने चालकहलाई कहिले बालबालिकाहरुको बिषयमा अभिमुखिकरण गपिरयो ?

प्रत्येक स्कूलहरुमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हुन्छ, शिक्षक अभिभावक संघ हुन्छ , जिल्ला स्तरमा समेत जिल्ला स्तरीय अभिभावक संघ हुन्छ केन्द्रमा केन्द्रिय अभिभावक संघ हुन्छ यस बिषयमा विव्यस किन बोल्दैन ?

यस बिषयमा गम्भिरहुन जरुरी छ कि छैन ?

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्