दाङमा प्रदेशस्तरीय प्रथम आइ टि एफ तेक्वान्दो प्रतियोगिता हुने



समिक्षा गाहा,

घोराही ९ असोज।
दाङमा प्रदेशस्तरीय प्रथम आइ टि एफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ। आउदै गरेको दशै तिहारको अवसरमा प्रोफेशनल आइ टी एफ तेक्वान्दो च्याम्पीयनसीप प्रतियोगीता हुने भएको हो ।

दाङमै पहिलोपटक प्रदेश स्तरिय प्रोफेशनल आइ टी एफ तेक्वान्दो च्याम्पीयनसीप प्रतियोगीता हेन लागेको आज घोराहीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

दाङमा खेलाडीहरुको उत्पादनका लागी तथा ,दाङलाई खेलकुदमा चिनाउनका लागी,आइ टी एफ तेक्वान्दो लाई जिल्लामा चिनाउनको लागी , दाङका खेलाडीलाई यस खेलप्रति प्ररेरना जगाउनलाई प्रतियोगिताको आयोजना गरीएको पत्रकार सम्मेलनमा आई टि तेक्वान्दो संघका भरतपुरका अध्यक्ष  भिम बहादुर थापाले जानकारी दिनु भयो ।

साथै खेलमा ५ जना महिला तथा ५ जना पुरुषको सहभागीता रहनेपनि अध्यक्ष थापाले जानारी गराउनु भएको थियो । साथै ५ नं प्रदेशको १२ जिल्लाको १ सय २० जनाको सहभागीता रहने छ ।

खेलमा सहभागी हुनालाई ५५ देखी ६० केजी तौल हुनु पर्नै पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो खेलमा प्रथम , हुनेलाई हजार नगत तथा द्धितिय हुनेलाई हजार र तृतिय हुनेलाई १० हजार नगद सहित प्रमानपत्र तथा मेडल पुरस्कार राखिएको पत्रकार सम्मेलनम जानकारी गराईएको छ । खेल कार्तिक १७ र १८ गते घोराहीमा सन्चालन हुने आई टि तेक्वान्दो संघका भरतपुरका अध्यक्ष राम बहादुर थापाले जानकारी दिनु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्