दशै तिहारका लागी खसी बोकाको मुल्य निर्धारण



पार्बती बस्नेत,
असोज ९ घोराही।
दशै र तिहारको आगमन सङै जिल्लाका ब्यापारीहरुले खसि बोकाको बजार मुल्य निर्धारण गरेका छन् !ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेसनल नेपालको सयुक्त साझेदारीमा संचालित पशु बस्तुहरुको मुल्य शृङ्खलामा आधारित साना किसानहरुको संस्था सबलिकरन परियोजनाको आयोजनामा जिल्लामा रहेका खसी बोका ब्यापारीहरु र सहकारीका प्रतिनिधिहरु बिच गरिएको छलफल बाट खसि बोकाको बजार मुल्य निर्धारण गरिएको हो !

दशै तिहारलाइ मध्यनजर गर्दै यहि असोज १० गतेबाट किसानहरुले उचित मुल्य पाउने गरि खसी बोकाको मुल्य वृद्धि हुने गरि ज लमहीमा गरिएको छलफल बाट उक्त मुल्य निर्धारण गरिएको हो ।बजारमा मासुको मुल्य ७ सय रुपैया केजिको भएपछि किसानहरुले आफ्नो जिउँदो खसी बोकाको पनि उचित मुल्य पाउने गरि मुल्य निर्धारण गरेको हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत जगत चौधरीले बताउनुभयो ।
यसैगरी छलफलमा देउखुरी लमही क्षेत्रमा जिउँदो खसी २० देखि २९ केजि सम्मलाइ ३८०र( रुपैया के.जि,३० देखि ३९ केजी सम्मलाइ ३९०र( रुपैया के.जि र ४० केजि भन्दा माथिको खसिलाइ ४००र( रुपैया के.जि. मुल्य तोकेको छ,यसैगरी बोकाको मुल्य ३७०र( रुपैया के.जि निर्धारण गरिएको छ ।यसैगरी घोराही क्षेत्रमा २० देखि २९ के.जि सम्मका खसिलाइ ३८५र( रुपैया के.जि मुल्य तोकिएको छ भने ३० के.जि भन्दा माथिका खसिका लागि ४००र( रुपैया के.जि मुल्य निर्धारण गरिएको छ । साथै बोकाको मुल्य ३७० रुपैया के.जि निर्धारण गरिएको छ ।

यस्तै सल्यान क्षेत्रमा रहेका खसी बोकाहरुका लागि २५ देखि २९ के.जि. सम्मलाइ ३९०र(रुपैया के.जि,३० के.जि. भन्दा माथिका खसिहरुका लागि ४०५र( रुपैया के.जि मुल्य निर्धारण गरिएको छ ।

यसैगरी प्युठान क्षेत्रका लागि २५के.जि सम्मका खसिहरुको मुल्य ३६० रुपैया के.जि,२५ देखि ३० के.जि सम्मका खसिहरुका लागि ३७०र( रुपैया के.जि,३१ देखि ४० के.जि सम्मका खसिहरुका लागि ३८०र( रुपैया र ४१ के.जि भन्दा माथिका खसिहरुका लागि ३९०र( प्रती के.जि खसिको मुल्य निर्धारण गरिएको छ ।

किसानहरुले उत्पादन गरेको उत्पादित बस्तुले पनि उचित मुल्य पाउन र कोहि पनि किसान आफुले उत्पादन गरेको बस्तुको उचित मुल्य पाउन बाट ठगिन नपरोस् भन्ने उदेश्यले हेफर इन्टरनेसनल नेपालले जिउँदो खसी सहकारी मार्फत तौलेर बिक्रि गराउदै आइरहेको क्ीख्ऋ ्र्र कार्यक्रम संयोजक भिमकान्त चौधरीले बताउनुभयो ।उक्त छलफल कार्यक्रमको सहजीकरण सहकारी क्षमता अभिबृद्दी सहजकर्ता बेदराज शर्माले गर्नुभएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्