शहिद स्कुलमा रोटरी कल्वले बाथरुम निर्माण गरिदिने



दाङ, १० असोज । रोटरी क्लव अफ दाङले सहिद स्मृति विद्यालयमा बाथरुम निर्माण गरिदिने भएको छ । करिव ११ को लागतमा शौचालय निर्माण लागेको रोटरी क्लव अफ दाङका अध्यक्ष डा. निरञ्जन आचार्यले जानकारी दिनुभयो ।

जनयुद्धको समयमा विभिन्न स्थानमा भएका घटनामा ज्यान गुमाएका सहिद परिवारका विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पु¥याउँने उद्देश्यले बाथरुम निर्माणको जिम्मा रोटरी क्लवले लिएको जानकारी दिनुभयो । विद्यार्थीलेलाई सहज रुपमा पठन–पाठन गर्न सहयोग मिलोस भन्ने उद्देश्यले सहयोग गर्न लागेको रोटरी क्लव दाङका अध्यक्ष डा.आचार्यले बताउनुभयो । यस कार्यमा रोेटरी क्लव पोखरा र रोटरी क्लव धनगढीले पनि सहयोग गरेको आचार्यले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्