नेकपाद्धारा रोल्पा जिल्ला बन्द



रोल्पा, असोज १०– ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा०ले गरेको बन्दका कारण बुधबार रोल्पाको जनजिवन प्रभावित बनेको छ ।

पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई विना सर्त रिहाईको माग गर्दै नेकपाले गरेको बन्दका कारण बिहानैदेखि रोल्पाबाट छुट्ने लामो तथा छोटोदूरीका सवारी साधन ठप्प रहेका छन् भने बजार, शिक्षण संस्था र कलकारखाना पनि बन्द भएका छन् ।

दशैंका लागि बजारमा किनमेल गर्नेको चहलपहल बढीरहेको बेला बजार बन्द हुँदा जिल्लाका व्यापारी तथा सर्वसाधारण मर्कामा परेका छन् ।

यता स्थानीय प्रशासनले भने शान्ति सुरक्षामा असर पुग्ने गतिविध गरेकाले पक्राउ गरिएको बताएको छ । विद्यालयमा राजनीतिक सभा गरेकाले पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्