‘बालश्रममा लगाउनेलाई सेवाबाट बञ्चित गर्नुपर्ने’



दिपक बोहरा,
तुलसीपुर, १० असोज ।

बालश्रममा लगाउनेलाई सम्बन्धि स्थानीय तहले सेवाबाट बञ्चित गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । अझै पनि बालश्रममा लगाउने क्रम घट्न नसकेको भन्दै बालश्रममा लगाउने र श्रममा पठाउनेलाई सेवाबाट बञ्चित गर्नुपर्ने बक्ताहरुले बताएका छन् । मंगलबार परिबर्तनका लागि समुदाय कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हन् । तुलसीपुर उपमहानगरपालिका, युनिसेफ र सिबिसको आर्थिक सहयोग तथा नवजागरण महिला तथा बालसंरक्षण केन्द्र( न्यूसिपिसी)को आयोजनामा बालश्रम मुक्त समाज निर्माणका लागि मानसिकतामा परिबर्तन आउनुपर्ने बक्ताहरुको भनाई थियो । उनीहरुले बालश्रममा राख्नु हुन्न भन्ने थाहा हुँदा हुँदै पनि बालबालिकालाई श्रममा राख्ने गरेको भन्दै मानसिकतामा परिबर्तन नआउँदासम्म यो समस्या अन्त्य नहुने बक्ताहरुको भनाई थियो । यस्तै ब्यक्तिहरुको मानसिकतामा परिर्बतनमा ल्याउन तुलसीपुरका १० वटा वडामा कार्यक्रम समेत बिस्तार गरिएको छ । यस अघि तुलसीपुरका ५ वटा वडा रहेको परिबर्तनका लागि समुदाय कार्यक्रम १० वटा वडामा बिस्तार गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ८, ९, ११, १२, १७, १८ मा कार्यक्रम विस्तार गरिएको तुलसीपुर उपमहानगरपालिका बालसंरक्षण समितिका संयोजक नवराज लामिछानेले बताए ।

न्यूसिपिसिका अध्यक्ष निशा लामिछानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सूर्यबहादुर डाँगी‘श्याम’को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोप बहादुर डाँगी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष माधव वली, वडा नंं. १७ का थलराज पुरी, तुलसीपुर उपमहानगरपालिका वडा नंं १ का लक्ष्मण भण्डारी, वडा नंं. ११ का कार्यवहाक अध्यक्ष घनश्याम गौतम, वडा नं. २ का कार्यवहाक अध्यक्ष कविराज चौधरी, राष्ट्रिय श्रम प्रतिष्ठान नेपालका अनुसन्धानकर्ता शिव शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए । सिविसका कार्यक्रम अधिकृत भरत अधिकारीले बिषयबस्तुमाथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण न्यूसिपिसिका कार्यक्रम संयोजक भीम खत्रीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्