टेलिफोन सेवा नपुगेका २५ गाउँपालिकामा पुर्‌‍याउन निर्देशन



सैघाली खबर , काठमाण्डौ ।,७ साउन

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले मोबाइल र टेलिफोन सुविधान नपुगेका १५ गाउँपालिकामा तत्काल सुविधा विस्तार गर्न दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

समितिको  बसेको बैठकले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन र दुरसंचार सेवा नपुगेका देशका १५ गाउँपालिकाहरुमा तत्काल सेवा विस्तार गर्न निर्देशन दिएको हो।

त्यस्तै समितिले नेपाल टेलिकमले उपलब्ध गराएको एडिएसएल इन्टरनेट सेवालाई सबै क्षेत्रमा सर्वसुलभ उपलब्ध हुने व्यवस्था मिलाउन  र सस्तो र गुणस्तरयुक्त सेवा उपलब्ध गराउन तथा नेपाल टेलिकमले सरकारी विद्यालयहरुमा निःशुल्क एडिएसल इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल सरकारसँग बजेट माग गरी कार्य प्रारम्भ गर्न निर्देशन दिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्