आजदेखि देशैभर ‘कथा काठमाण्डौँ’, यि हलहरुमा चलिरहेछ चलचित्र



रेणु डि सी,
सैघाली खबर, १२ असोज ।
आज शुक्रबारदेखि देशभरका बिभिन्न हलहरुमा चलचित्र ‘कथा काठमाण्डौँ’ प्रर्दशनमा आएको छ । काठमाण्डौका १६ र बाहिरी जिल्लाका ४१ गरी ५७ वटा हलहरुमा चलचित्र कथा काठमाण्डौँ चलिरहेको छ ।

लेखक तथा दिर्नेशक संगिता श्रेष्ठका अनुसार काठमाण्डौ उपत्यका भित्र क्यु।एफ।एक्स सिभिल मल सुन्धारा, क्यु।एफ।एक्स कुमारी कमलपोखरी, क्यु।एफ।एक्स छायाँ ठमेल, क्यु।एफ।एक्स लविम पुलचोक, विग सिनेमा सिटिसेन्टर कमलपोखरी, एफक्युप सिनेमा चुच्चेपाटी, बि।एस। आर मुभि नयाँ वसपार्क, क्यु।एस सिनेमा राईजिङ मल, सिनेडिचिफ सिटिसि मल सुन्धारा, गोपी कृष्ण, गुण सिनेमा, अष्टनारायण, गंगा चलचित्र मन्दिर वालाजु, बाराही चलचित्र मन्दिर भक्तपुर, कलंकी सिनेमा कलंकी र सिटि म्याक्स वागबजार गरी १६ वटा हलहरुमा चलचित्र लागिरहेको छ ।

यसैगरी उपत्यका बाहिरका आबुखैरेनीको श्रीकृष्ण हल, वाग्लुङको कालिगण्डकी हल, वर्दीवासको लम्की, बेनीको म्याग्दी, भैरहवाको पद्धमेश्वरी, भालुवाङको भोले, बिराटनगरको सिटी, विरगञ्जको अम्याक्स, बिर्तामोडको पाथीभरा सिनेपेलेक्स, वुटवलको कोलिका, दमकको पाथिभरा, दमौलीको उत्त।शिला, धरानको गोर्खा सिनेमा र गणेश, गगनगौडाको मन्दिमिलन, गाईघाटको शुभलक्ष्मी सिनेमा हलहरुमा प्रदर्शन भईरहेको छ ।

यस्तै दाङ घोराहीको श्री गणेश, हरीवनको हरीवन सिनेमा, हेटौटाको एन।एस। सिनेमा, ईटहरीको ईलिटे सिनेमा, ईटाभाटको सिटि सिनेमा, जितपुरको शिव प्रभाती, झुम्काको म्याजिक, कावोसोतीको गणपती, कुश्माको सिद्धेश्वरी, लहानको पशुपती, लालबन्दीको बिना, लमहीको श्री सत्य साई, नारायणघाटको ईन्द्रदेव र क्यु।एफ।एक्स जल्मा, लेपालगञ्जको लक्ष्मी र क्यु।एफ।एक्स वागेश्वरी, निजगढको गणेश, पाल्पाको शन्तोष, पोखराका बाराही ख, कल्पना, मिडडाउन, क्यु।एफ।एक्स सिनेपेलेक्स, सुर्खेतको लक्ष्मी, टाडीको नारायणी र तुलसीपुरको ओम शान्तिमा गरी ४१ वटा सिनेमा हलहरुमा कथा काठमाण्डौँ’ चलिरहेको निर्माता विजय राईले बताएका छन् ।

चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, संजोग कोईराला, सन्ध्या केसी, आयुषमान देशराज र प्रेक्ष्या अधिकारीको अभिनय रहेको छ । बिहानको सो हेर्ने दर्शकहरुले चलचित्र निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । काठमाण्डौ उपत्यका भित्रको वास्तविकतालाई चलचित्रको माध्यमबाट बाहिर ल्याउन खोजिएकाले पनि यस चलचित्रले दर्शकहरुको मन जित्ने निमार्ण पक्षको दावी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्