शुक्रबारदेखि हलहरुमा ‘कथा काठमाण्डौ’, ‘अनुराग’ र ‘छिरिङ्ग’, कस्ले मार्ला वाजी ?



रेणु डि सी,
सैघाली खबर, १२ असोज ।
आज शुक्रबारदेखि तीन नयाँ नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । संगीता श्रेष्ठ निर्देशित कथा काठमाण्डू, सत्यराज चौंलागाईं निर्देशित अनुराग र यश कुमार निर्देशित छिरिङ्ग एकसाथ प्रदर्शनमा आएका हुन् ।

गीत र प्रोमो रिलिजसँगै चर्चा र विवादमा आएको कथा काठमाण्डौले काठमाण्डौ भित्रको वास्तविकतालाई कथाको माध्यमबाट उठाउन खोजेको छ । चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायत कलाकारको अभिनय छ । लस्ट, लभ र लाईफ गरी तीन कथाबस्तुमा तयार पारिएको चलचित्रको निर्माता बिजय राई हुन् भने लेखन तथा निर्देशन संगिता श्रेष्ठले गरेकि हुन् ।

यसैबिच गायक तथा नायक यश कुमारको डेव्यु निर्देशन रहेको फिल्म छिरिङ्ग पनि आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा यशसँगै निमा रुम्बा र कामना भुजेलको मुख्य भूमिका रहेको छ । अविकसित हिमाली भेगमा छिरिङले गर्ने संघर्षसँगै माया प्रेमलाई पनि प्रस्तुत गरेको छ ।

यस्तै सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ पनि आजदेखि प्रर्दशनमा आएको छ । यस चलचित्रमा धमलाकी पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डितको अभिनय रहेको छ । सत्यराज चौलागाईंको पहिलो निर्देशन रहेको यो फिल्म म्युजिकल लभ स्टोरी फिल्म हो । एलिजा र समुन्द्रसँगै फिल्ममा सरोज खनाल, रुपा राणा लगायत अन्य कलाकारहरुको पनि अभिनय छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्