माओवादी केन्द्रको सचिवालय बैठक आज पनि जारी



सैघाली खबर
काठमाडौं, ७ साउन –
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक शनिबार सकिँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलले प्रश्नको जवाफ दिने कार्यसूची छ ।
गएको सोमबारदेखि चलिरहेको बैठकमा स्थानीय तहको चुनावको समीक्षा, भावी चुनावी रणनीति र सांगठनिक विषयमा छलफल भैरहेको हो ।
बैठकमा पार्टी भित्र गुटउपगुट बढेको भन्दै आरोप प्रत्यारोप भएको छ । नेकपा एकता केन्द्रबाट माओवादी बनेका नेताहरुले आफूहरुमाथि हतियार बोकेर विद्रोहमा नलागेका कारण पार्टीभित्र विभेद गरिएको र त्यसको जवाफ अझैसम्म पनि दिनुपरिरहेकोप्रति असन्तुष्टि जनाएका छन् ।
त्यस्तै बैठकमा अध्यक्ष प्रचण्ड निकट नेताहरुले यसअघि स्थगित गरिएको प्रचण्डपथलाई अब मुख्य कार्यदिशा मानेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रचण्डपथ नहुँदा पार्टीलाई बाँध्ने फ्रेम नभएकाले अराजकता बढेको उनीहरुको दाबी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्