चलचित्र कथा काठमाण्डौ हेरीसकेपछि यस्तो छ दर्शकहरुको प्रतिक्रिया



सैघाली खबर, १२ असोज ।
आज शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र कथा काठमाण्डौले दर्शकहरुको राम्रो साथ पाएको छ । बिहानि सो हेर्ने दर्शकहरुले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । वास्तबिक कथा बस्तुलाई चलचित्रको माध्यमबाट उठान गरिएकाले पनि चलचित्र निकै राम्रो भएको दर्शकहरुको भनाई छ ।

कुमारी हलमा भएको बिशेष शो हेर्ने दर्शकहरुले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । गीत र टे«लर सार्वजनिक भएपछिको विवादले पनि दर्शकहरुलाई चलचित्र प्रति एक किसिमको जिज्ञासा थियो । तर चलचित्र हेरिसकेपछि दर्शकहरु स्वयम् ले नै राम्रो र हेर्नै पर्ने चलचित्र भएकाले एक पटक नजिकको हलसम्म पुग्न आग्रह गरेका छन् । गीत र टे«लर हेरीसकेपछि परिवासंग संगै बसेर चलचित्र हेर्न मिल्दैन कि भन्ने भ्रम पनि हटेको उनिहरुको भनाई छ ।

यस्तै निर्माण पक्षको पनि सम्पुर्ण परिवार एकैसाथ बसेर हेर्न मिल्ने चलचित्र भएकाले दुविधामा नरहन आग्रह छ । काठमाण्डौको वास्तविकतालाई चलचित्रको माध्यमबाट बाहिर ल्याउन खोजिएको छ । चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, संजोग कोईराला, सन्ध्या केसी, आयुषमान देशराज र प्रेक्ष्या अधिकारीको अभिनय रहेको छ । लस्ट, लभ र लाईफ गरी तीन वटा स्टोरी पुरा चलचित्रमा देख्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्