सिंचाई योग्य जमिनमा वर्षभरि सिंचाई पु¥याउने लक्ष्य



सैघाली खबर
साउन ८

देशभरको सिंचाईयोग्य जमिनमा बर्षभरी सिंचाई पु¥याउने लक्ष्य सहित सिंचाई मन्त्रालयले काम सुरु गरेको छ । कुल २६ लाख ४१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १७ लाख ६६ हजार हेक्टर सिंचाई योग्य जमिनमा सिंचाई सेवा पु¥याउने लक्ष्य सहित काम सुरु गरेको मन्त्रालयले जनाएको छ । १३ लाख ९२ हजार हेक्टर जमिनमा सिंचाई सेवा पु¥याउनका लागी संरचना तयार भइसकेको मन्त्रालयका प्रवक्ता सागरकुमार राइले जानकारी दिनुभयो । कृषकहरुले चाहेको खण्डमा अहिले पनि बर्षभरी साढे ४ लाख हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सेवा लिन सकिने मन्त्रालयले जनाएको छ । बर्षामा प्रशस्त पानी पर्ने हुँदा अहिलेसम्म अधिकांश कृषकहरु मनसूनमा आधारित खेतीपाती गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्