भारत कमाउन गएका नेपालीहरु दशै मनाउन घर फर्किदै, सिमा नाकाहरुमा कडा चेकजाँच



सागर थापा

दाङ, १७ असोज

नेपालबाट भारतमा रोजगार गर्न पुगेका नेपालीहरु पछिल्लो समयमा घर फर्किन थालेका छन् । रोजगारिका लागि भारत गएका नेपालीहरु महान पर्ब दशौ भित्रीए संगै घर फर्कने क्रम तिब्र भएको छ ।

दशै र तिहार मनाउनका लागि घर फर्कने क्रममा नेपाल भारतका सिमा नाकामा नेपालीहरुको आयतममा चहलपहल भएको देख्न सकिन्छ । कपिलवस्तुको नाका , तौलिहवा कृष्णनगर , रुपन्देही , भैरहवा नेपालगन्ज लगायत सबै नाकाहरुबाट दिनहु ठुलो संख्यामा नेपालीहरु दशै तिहार मनाउन घर फर्किरहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको नाका कृष्णनगरबाट केहि दिन यता दिनहुँ ६०० देखि ११०० जना नेपालीहरु स्वदेश नेपाल फर्किरहेका छन् । मुलुक भित्र रोजगारिको अभावमा भारतको विभिन्न स्थानमा पुगेका महिलाहरु परिवारका सदस्यका साथ दशै र तिहार मनाउन कोशेली सहित घर फर्किएका छन् । नेपालीहरुको सबै भन्दा ठुलो चार्ड दशौ परिवारका साथ मनाउदा सबै दु:ख बिर्सने भएकाले विदा मिलाएर आएको बताएका छन् ।

भारतका शहरमा 30 लाख भन्दा बढी नेपाली कामदारहरु कार्यरत अनुमान छ । यस अघि दशैको बेला घर फर्किदा नेपालीहरु भारतको सिमा सुरक्षा बल नेपाली सुरक्षा कर्मिबाट ठगिने यस पटक अघिल्लो वर्ष जस्तो घटना नभएको भारतबाट विदामा घर फर्किदै गर्दा दाङ घोराही निवासी वडा नम्बर १४ का माया सुनारले वताएकि छिन् ।

यता सिमा सुरक्षा वलले सिमा नाकाहरुमा पनि चेकजाँच लाई तीब्र पारेको छ । नजिकिदै गरेको महान पर्वहरुमा नेपालीहरु घर फर्किने क्रममा केही दु:ख नहोस् भनेर सचेत भएको बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्