भुकम्प र सुनामीका कारण १३ सय जनाको ज्यान गयो



सैघाली खबर, १७ असोज ।

इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या १३ सय पुगेको छ । साठी हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् । राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोका अनुसार ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौंको संख्यामा विद्यालय भवन, चर्च, होटल र ठूला व्यापारिक भवनमा क्षतिग्रस्त भएका छन् ।

मंगलबार एक होटलको भवन भग्नाबशेषबाट १५ जनालाई उद्धार गरिएको थियो । अझैपनि मानिसहरू भग्नाबशेषमा जीवित रहेको आशमा उद्धार कार्य जारी राखिएको छ । उद्धार तथा खोजी कार्यका लागि विभिन्न क्षेत्रमा करिब साढे ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विस्थापितहरूलाई १०९ स्थानमा शिविर बनाएर राखिएको छ ।

शुक्रबार क्रमशः ६.०, ७.४ र ६.१ म्याग्निच्युडको भुकम्पपछि आएको सुनामीमा परी सुलावेसीको प्रान्तीय राजधानी पालु सबैभन्दा बढी प्रभावित भएको छ । यसैबीच इन्डोनेसियाको दक्षिणी तटीय क्षेत्रमा रहेको सुम्बा द्वीपमा मंगलबार विहान पनि दुई पटक भूकम्पको धक्का महसुस गरिएको थियो । शुक्रबार शक्तिशाली भूकम्प गएको इन्डोनेसियामा मंगलबार विहान पुनः गएको भूकम्पबाट मानिसहरु थप त्रसित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्