आगलागी पिडितलाई राहात सहयोग



सैघाली खबर
दाङ, ८ साउन ।
विधुत सट भई विस्थापित भएका परिवारहरू लाई राहात वितरण गरिएको छ। तुलसीपुर उपमहानगरपालीका वडा नं २ तकियापुरमा हिजो घर जलेर पिडित बन्नु भएका भिम बहादुर योगीको परीवारलाई राहत साम्रगी कार्यक्रम आज सम्पन्न भएको छ।

सोही गाउमा रहेको मैत्री पुर्ण युवा क्लब खैरीपुरले क्लबका अध्यक्ष नबराज बिष्टको अध्यक्षतामा एक सानो कार्यक्रमका बिच कोषमा जम्मा गरीएको ११ हजार ५ सय रुपैया रकम सहयोग गरेको सोही क्लबका उपाध्यक्ष अर्जुन घर्तीले जानकारी दिनु भयो।

उक्त राहत कार्यक्रममा सोही गाउका बासीन्दाहरुले पनि लता्रकपडा, चामल , दाल ,खाधसामा्रगी सहयोग गरेका थिए । शनिवार दिउसो करीब २ बजेको समयमा बिधुत सट भएर आगलागी भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्