प्रियंका र निक विवाहको तयारीका लागि राजस्थानमा



भारतीय चर्चित अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको चर्चा अझैं कम भएको छैन । उनीहरुको सामाजिक सञ्जालमा अहिले पनि व्यापक चर्चा चलिएको छ । केही समय अघि इन्गेजमेन्ट गरेको यो जोडी विवाहका कारण पनि फेरि चर्चा आएको छ ।

प्रियंकाका प्रेमी यतिबेला भारत आएका छन् । प्रियंका र निक आफ्नो विवाहको तयारीमा लागेका छन् । यो जोडीको विवाह भारतको राजस्थानमा आयोजना गर्ने तयारीमा लागेको छ । मंगलबार प्रियंका र निक प्राइभेट जेटमा मुम्बइबाट राजस्थानको जोधपुर गएका छन् ।

प्रियंका आफ्नो विवाह जोधपुरको भव्य उम्मेद भवन प्यालेस र मेहरानगढ फोर्टमा गर्ने योजना बनाइरहेकी छिन् । विवाहको योजना र व्यवस्थापन गर्नका लागि प्रियंका प्रेमी निक जोनसकासाथ मंगलबार जोधपुर पुगेकी हुन् ।

प्रियंका र निक दुवैले राजस्थानको उम्मेद भवन प्यालेस र मेहरान फोर्टको अवलोकन गरेका छन् भने व्यवस्थान टिमका साथ विवाहको कार्यक्रम र पाहुनाहरुको विषयमा छलफल गरेका छन् । प्रियंका र निक छिट्टै नै विवाहको मितिको टुंगो लगाउने छन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्