यस्तो छ दाङको हवाई तालिका र भाडा



दाङको टरिगाउँ विमानस्थलमा आउँदो सोमबारदेखि हवाई सेवा सुरु हुने भएपछि शुक्रबारदेखि नै टिकट बिक्रिको प्रक्रिया सुरु हुने निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। ‘भोलिदेखि नै टिकट बिक्रि सुरु गर्छौं। सोमबारदेखि नियमित उडान सेवा सुरु हुन्छ।’, प्रवक्ता सिग्देलले भने।

सोमबार बिहान ११ः४५ मा काठमाडौंवाट उडान भर्ने र दिउसो १२ः३५ मा भैरहवा अवतरण गर्ने छ। मध्यान्ह १२ः५० मा भैरहवाबाट उडेर १ः२० मा विमान दाङमा अवतरण हुने र १ः३५ मा पुनः सोही रुट हुँदै काठमाडौं फर्किनेछ।

नेपाल वायु सेवा निगमले काठमाडौंबाट दाङको भाडा ६ हजारदेखि झन्डै १० हजार रुपैयाँसम्म निर्धारण गरेको छ। निगमका प्रवक्ता सिग्देलले दिएको जानकारी अनुसार सुरुमा टिकट काट्नेलाई सहुलियत स्वरुप ६ हजार २५ रुपैंया भाडा निर्धारण गरिएको छ भने त्यसपछि ९ हजार ६ सय ६५ रुपैंया भाडा तोकिएको छ।

तर, दाङबाट काठमाडौं जान भाडा भने केही सस्तो हुनेछ। ५ हजार ८ सय ८० रुपैंया सुरुमा टिकट काट्नेलाई र त्यसपछि ९ हजार ४ सय निर्धारण गरिएको निगमले जनाएको छ। त्यस्तै, भैरहवादेखि दाङसम्मको भाडा भने ३ हजार ३ सयदेखि ४ हजार ३ सयसम्म हुने प्रवक्ता सिग्देलले जनाए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्