साफ यू–१८ महिला च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै



सैघाली खबर, १९ असोज ।

साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुनेछ ।

भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ । तर भारतलाई पराजित गर्नु नेपाललाई त्यति सजिलो भने छैन । किनभने भारत बलियो टिम हो ।

भारत समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको टिम हो । नेपाल भने समूह बीको उपविजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशसँग २–१ गोलअन्तरले पराजित हुदै नेपाल उपविजेता बनेर सेमिफाइनल पुगेको थियो ।

यता, भारतले भने पहिलो खेलमा आयोजक भुटानलाई ४–० गोलले पराजित गरेको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्