सैघाली खबर
९ साउन, काठमाडौं ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ सीआईआई सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो ।
दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मलेन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन । सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलन उदघाटनका लागि नेपाल आउने संकेत दिएका छन, ’ राणाले भनिन,उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौं ।’

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।