१७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान



सैघाली खबर
काठमाडौं ,
९ साउन, ।
। नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

पुरुषतर्फ ५० मिटर बटरफ्लाइ २८।२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे । उनले सन् २००९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा चन्द्रसिंह महतोले बनाएको २८।४३ सेकेन्डको कीर्तिमान् तोडे ।

 

त्यस्तै पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान बनाएका शुभमले निर्धारित दूरी तय गर्न १ मिनेट ११।३४ सेकेन्ड समय खर्चे । यसअघि १ मिनेट १२।२५ सेकेन्डको कीर्तिमान ओलम्पियन एलिस श्रेष्ठको नाममा थियो । एलिसले उक्त कीर्तिमान २००४ को एथेन्स ओलम्पिकमा बनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्