दंगीशरणमा भयानक सडक दुर्घटना, श्रीमान् श्रीमतिको अवस्था गम्भिर



बिष्णुकुमार देवकोटा/अंकित डिसी
तुलसिपुर, २५ असोज

बडा दशै नजिकिदै गर्दा दाङमा भयानक सवारी दुर्घटनाहरु घटिरका छन् ।
आज बिहान करीब ९ बजेतिर दंगीशरण गाँउपालिका वडा नं नं ७ बाँका मा ग. १. ख. ७७०३ नम्बरको तलसीपुर आँउदै गरेको बस र तुलसिपुर बाट बाँका तर्फ जाँदै गरेको रा.२.प २८६९ नम्बरको मोटरसाइकल बाँका मा एक आपसमा ठोक्किदा उक्त भयानक दुर्घटना भएको प्रहरी ले जनाएको छ ।

तुलसिपुर उपमहानगरपालिका वडा नं २ तकियापुर निबासी बर्ष ३९ को प्रकाश के.सी. र उनकि श्रीमति बर्ष ३८ की सुस्मिता के.सी गम्भिर रुपमा घाइते हुनुभएको छ । घाइतेहरुलाई थप उपचारकालागी एअर एम्बुलेन्स बाट काठमाण्डौ लगिदै छ ।
घाईते द्धयको दाहिने खुट्टा फ्रयाक्चर भएको छ । दुवैजनाको स्वास्थय स्थिती गंम्भरी रहेको उपचाचरमा संलग्न हेल्थ असिस्टेन्ट रेग बिक्रम रानाले बताउनुभयो ।

केसी दम्पतीको २ जना छोराहरु हुनुहुन्छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणामा लिइसकेको छ ।

(दुर्घटनाको भिडियो सैघाली अनलाइन टिभीमा आउँदै)

Photo taken from Google file photo.

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्