डा केसीको आमरण अनसन शुरु



सैघाली खबर
साउन १०


त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीको आमरण अनसन सुरु भएको छ । हिजो सुरु भएको आमरण असनमा ऐक्यवद्धता जनाउँदै आज चिकित्सकहरुले दवाव दिने भएका छन् । त्रिवि शिक्षण अस्पताल हाताभित्र ११औं पटक आमरण अनशन सुरु गरेका छन् । डा. केसीले यसअघिका अनशनमा सरकारले गरेका लिखित सहमति कार्यान्वयन नभएको र ‘अरू धेरै गडबडी सिर्जना गरेकाले अनशन बस्न बाध्य भएको बताउनु भएको छ । सरकारलाई आफ्ना माग पूरा गर्न दिएको एक साताको समयसीमा सकिएकै दिन अनशन थाल्नु भएको हो । १०औं अनशनपछि पनि स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएका डा. केसीले पछिल्लो पटक आफ्ना माग पूरा गर्न सरकारलाई असार ३१ सम्मको समयसीमा दिनुभएको थियो । ११औं अनसनमा पनि उही पुरानो माग राख्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्