दशै खर्च कटाएर दृष्टिबिहिनलाई सहयोग



शरद रेग्मी दाङ,३० असोज । तुलसीपुरमा बिगत ८ बर्ष देखि अरुको सरणमा बसिरहेका रुकुमका एक दृष्टिबिहिन परिवारलाई उधोगी ब्यबसायिहरुले खाद्यान तथा नगद सहयोग गरेका छन ।  बिगतका बर्ष झै रिपोर्टस क्लब दाङको समन्वयमा रुकुम सानोभेरी गाउपालिका ३ निवासी रुपा गन्धर्वका परिवारलाई तुलसीपुरका उद्योगीले दशै खर्च कटाएर सहयोग गरेका हुन । रिपोटस क्लबका अध्यक्ष शरद रेग्मीको पहलमा आज दशै नजिकिदै गर्दा समेत दशैको कुनै पनि रौनक र उत्साह नदेखिएको घरमा चामल,चिउरा,तेल,नुन,चिउरा ,पिठो र मासु खाने रकम सहित ब्यबसायीहरु पुग्दा गन्धर्ब परिवारमा खुशी थपिएको थियोे ।


रुपाका श्रीमानले अर्की श्रीमती ल्याएर उनलाई ४ जना दृष्टिबिहिन छोरा छोरी सहित घरबाट निकालिदिए पछि उनी तीन छोरी र एक छोरा सहित तुलसिपुरमा ४ रक्षाचौरमा एक घर भाडाका लगेर कष्टकर जीवन बिताउदै आएकी छिन । मगलबार लायन्स क्लब दाङ,भाग्यलक्ष्मी क्रसर,गौतम पोल्ट्री फर्म लगाएतको सहयोगमा सो परिवारलाई सहयोग प्रदान गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्