कृष्णनगरमा बेलुका ५ बजेदेखि अनिश्चिकालिन कर्फ्यु



दाङ, ५ कार्तिक ।  कृष्णनगरमा अहिले बेलुका ५ बजेदेखि अनिश्चिकालिन कर्फ्यु  लगाईएको छ । रातको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले पुन: कर्फ्यु लगाउनु परेको प्रशासनले जनाएको छ ।  सोमबार बिहान ८ बजेदेखि १२ बजे सम्म कर्फ्यु हटाईएको थियो । र त्यसपछि १२ देखि साँझ ५ बजे कर्फ्यु हटाईएको थियो ।

चाडपर्वको बेला परेको धेरै नेपालीलाई आवतजावत गर्न समस्या भईरहेको थियो जिल्ला प्रहरीका डिएसपी रवि राबलले भन्नुभयो, ‘अग्रिम टिकट लिई सकेकालाई निक्कै गाहे भएको थियो । त्यस्तै स्थानीयलाई खाद्यान्न र उपभोग्य वस्तुको आपूर्ति व्यवस्था मिलाउनका लागि सोमबार ९ घण्टा कर्फ्यु हटाईएको थियो ।

जिल्ला सुरक्षा समितिको बैठक बसेर दोस्रो पटक कर्फ्यु लगाएको हो । यस अघि आईतबार साँझ ५ देखि सोमबार बिहान ८ बजे सम्म कर्फ्यु लगाईएको थियो । नेपाल तिर पसल बन्द भएकाले पारीको भारतीय बजार बढनी गई नेपाली नागरिकले उपभोग्य वस्तु खरिद गरेको व्यापारी जितेन्द्र गोयलले बताउनुभयो । दिउँसो कर्फ्यु हटाईएकाले धेरै राहत भयो उहाँले भन्नुभयो, ‘तनाबमा घरभित्रै बसेर नागरिकलाई डर त्रास भईरहेको थियो ।’

दुर्गा मूर्ति परिक्रमा गर्ने क्रममा शुक्रबार साँझ ढुङ्गा प्रहार भएपछि विवाद हुँदा ३ दिनदेखि तनानग्रस्त कृष्णनगरमा आईतबार साँझ ५ बजेबाट अनिश्चितकालिन कर्फ्यु लगाईएको थियो । अवस्था सहज बन्दै गएपछि सोमबार केही समयका लागि कर्फ्यु हटाईएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताउनुभयो ।

दिउँसोको अवस्था सामान्य थियो उहाँले भन्नुभयो, ‘रातिको अवस्था हेरेर मंगलबारका लागि कर्फ्यु निरन्तरता दिने नदिनेबारे निर्णय लिन्छौं ।’  तनावका कारण शुक्रबार बिसर्जन गर्न लागेको दुर्गा मूर्ति आईतबार साँझ ७ बजे मात्र विसर्जन गरिएको थियो । कर्फ्यु लगाएर मूर्ति स्थानीय सुरई खोलमा बिर्सन गरियो । भारतीय एसएसबीले पनि सीमा असहज स्थिति भएकाले सतर्कता अपनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्