किसानलाई धानभित्र्याउने चटारो



दाङ,६ कार्तिक । दशै सकिन नपाउँदै दाङका किसान धानवाली भित्र्याउने ब्यस्त भएका छन् ।खेतमा धान पाकेपछि दशैँ मान्नभन्दा पनि धान काट्न किसान व्यस्त भएका हुन् । अधिकांश मान्छे टीका थाप्न आफन्तकहाँ गए पनि दाङ किसान भने बिहान, बेलुका टीका थाप्न गए पनि दिउँसोको समयमा भने धान काट्न खेत खेतमा पुग्ने गरेका घोराही उपमानगरपालिका १० दक्षिण अम्राईका बुद्धिराम चौधरीले वताउँनुभयो ।

 

यस वर्ष समयमै वर्षा भएकाले धानको उत्पादन राम्रो हुने चौधरीले वताउँनुभयो ।वर्ष दिनभरि खाने धान पाकिसकेकाले खेतमा छोडेर दशैँ मान्ने भन्दै धान काट्न आएको चौधरीको भनाई छ।यस वर्ष असार र साउन महीनाभित्र जिल्लाको सबै क्षेत्रमा धान रोपाइँ सकिएकाले धान पनि चाँडै पाकेको र उत्पादन पनि राम्रो भएको कृषकले बताएका छन् । “यस वर्ष धान राम्रो उत्पादन भएको छ, धान असिनाले झार्ला भन्ने डर भएकाले धान काट्न चटारो परेको चौधरीले वताउँनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्