दैलेखका सर्वसाधारण मध्यरातमा किन निस्किए घर बाहिर



दैलेख, ६ कात्तिक । दैलेख जिल्लाको नारायण नगरपालिका १०, भवानी केन्द्र बिन्दू बनाएर फेरि भूकम्प गएको छ सोमबार मध्यराति १२ बजेर १० मिनेटमा गएको भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिएका छन् । भूकम्पको धक्का थाहा पाएपछि स्थानीयहरू घर बाहिर निस्किएका थिए ।

भवानी केन्द्र बिन्दू भएर असोज १९.२१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्पको झट्का दिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्