सरकार विरुद्ध मतभेद छैन – नेता नेपाल



 

जनक नेपाली

दाङ, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले सरकार विरुद्ध कुनै मतभेद नभएको वताउँनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङले घोराहीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताउँनु भएको हो । शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सरकार असफल बनाउँनु भन्दा पनि भएको सरकारले राम्रो काम गर्नुपर्छ भन्ने पक्षमा आफु रहेको वताउँनुभयो । पार्टीका शिर्ष नेताहरुका बिचमा कुनै अन्तर संर्घष नभएको वताउँदै प्रचन्ड र आफ्ना बिचमा कुनै गोप्य छलफल तथा भेटघाट भएको छैन उहाँले भन्नुभयो ।

 

मिडियालले बिषयलाई उचाल्ने काम गरेका छन् भन्नुभयो । जन– चाहना अनुरुप सरकारले काम गर्नुपर्ने बताउँदै जनताले कम्युनिष्ट पार्टीलाई दिएको जिम्मेवारी पूरा गर्न सरकार लाग्नु पर्ने बताउँनुभयो । प्रचण्डको घर छेउमै गएर प्रचण्ड संग मिलेर सरकार संग विरुद्ध लागेको गलत आरोप आफुमाथी लगाएको भन्दै निराधार हल्लाका पछाडी नलाग्न नेपालले सबैमा आग्रह गर्नुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नेता नेपालले जनताका पक्षबाट कम्युनिष्ट पार्टी दिन कुनै चिज बाँकी नरहेको वताउँदै अब पार्टीले जनता सामु परिक्षा दिन बाँकी रहेको नेपालले बताउँनुभयो । घुमारो पारामा नेता नेपालले पार्टी अध्यक्ष केपी वली मानोमानी ढंगबाट काम गर्दै आएको वताउँनुभयो ।

 

विधी र प्रकृयामा पार्टी छल्न नसकेको वताउँदै विधी र प्रकृयामा रहेर पार्टी चलाउँन नेता नेपाल अध्यक्ष वलीलाई आग्रह गर्नुभयो । योग्यतामा आधारमा सवैलाई समेट्नु पर्ने बताउँदै नेपालले कसैलाई काखापाखा गर्न नहुने तर्क गर्नुभयो । दाङको विकासका बारेमा चासो व्यक्त गर्दै नेपालले दाङका खोलाहरुमा निर्माधीन पुलको अबस्था अलपत्र रहेको वताउँदै ठेकेदारलाई कारवाही गर्नुपर्ने बताउँनुभयो । शुभकामना आदान प्रदान कार्यक्रम नेपाल कम्युनिष्ट पाटीका नेता टिकाराम खड्कको अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रमको संचालन सुवास पुनले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्