कम्युनिष्टको सपना बाढ्ने दिन गए – ज्ञवाली



दाङ ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले कम्युनिष्ट पार्टीले जनतालाई सपना बाढ्न नहुने बताउँनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङले घोराहीमा आयोजना शुभकामना आदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउँनु भएको हो । कम्युनिष्ट सरकारबाट जनताले ठुलो अपेक्षा गरेको बताउँदै कम्युनिष्टको सपना बाढ्ने दिन गैसकेको वताउँनुभयो ।

अब सरकार असफल भयो भने जनताले कहिल्यै माफी नदिने बताउँदै जन–चाहाना अनुरुप सरकारले आफ्ना काम कारर्वाही अगाडी बढाउँनु पर्ने बताउँनुभयो । शुभकामना आदान प्रदान कार्यक्रमका बिशिष्ट अतिथी समेत रहनु भएका नेता ज्ञवालीले जनभावना अनुसार पार्टी अगाडी बढ्नु पर्ने बताउँनुभयो । पार्टी एकताको विषयमा कुनै सङ्का नगर्र्ने आग्रह गर्दै नेकपाका स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता ज्ञवालीले समृद्ध समाज निर्माणका लागि स्थानीय स्तरवाट लाग्न कार्यकर्तालाई निर्देशन गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्