कुटपिट गरी श्रीमतीको हत्या



दाङ,७ कार्तिक । दाङमा श्रीमानले आफ्नो श्रीमतिको हत्या गरेका छन् । घोराही उप–महानगरपालिका १२ गुर्जे निवासी रामबहादुर नेपालीले आफ्नी श्रीमतिको चम्पा नेपालीको हत्या गरेका हुन । गत कार्तिक ४ गते राति मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेका चम्पाका भाई मंगल नेपालीले बताउँनुभयो । ३५ बर्षिय नेपालीको टाउँको खुट्टा,हातमा निर्घात कुटपीट गरि हत्या गरिएको उनको भनाई छ ।

हत्याको आरोपमा रामबहादुरलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै चम्पाका भाई मंगल नेपालीले रामबहादुर ज्यान मार्ने उद्योग अन्तरगत जिल्ला प्रहरी कार्यालय दाङमा मुद्धा दर्ता गरेका छन् । मृतकको आजै पोष्टमास्र्टम पछि अन्त्येष्टि गरिएको आफन्तले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्