युवक माथि चक्कु प्रहार



 सन्तोषकुमार गुप्ता,

भालुबाङ ७ कात्तिक । देउखुरीको भालुवाङमा मंगलबार राती एक युवक माथि चक्कु प्रहार भएको छ । संयुक्त युवा क्लब भालुवाङले दशैंको कोजाग्रत पूर्णिमाको अवसरमा ओजना गरेको विबिध सांस्कृतिक कार्यक्रम हेर्न आएका गढवा गाउँपालिका—१ चिसापानीका २२ बर्षीय रबिन रोका माथि चक्कु प्रहार भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाईते भएका रोकाको बुटवल स्थीत चौराह हस्पिटलमा उपचार भईरहेको छ । रोकाको ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । चक्कु प्रहारमा संलग्न गढवा गाउँपालिका—१ धानखोलाका दुई युवकलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान अघि बढाएको छ । बाँकी अन्यको खोजीकार्य समेत भईरहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रबिन्द्रराज पाण्डेले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्