रोल्पामा खुकरी प्रहार गरी श्रीमतीको हत्या



कात्तिक ८ लिवाङ । रोल्पामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती देविसराको हत्या गरेका हुन् ।

बुधबार राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहरी गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सुकलालले घरायसी विवादमा श्रीमतीको हत्या गरेको अनुमान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्