करेन्ट लागेर महिलाको मृत्यु, दुई घाइते



जनकपुरधाम : महोत्तरीको औरहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेर अन्य दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा महोत्तरीको औरही नगरपालिका ९ इनरवाकी ४० वर्षीय मीनादेवी सहनी रहेको प्रहरीले जनाएको छ।

मृतक मीना देवीसँगै गएका उनका चार वर्षका नाति राजा सहनी र छुट्टाउन गएका उनका श्रीमान् सुरेश सहनीलाई करेन्ट लागे गम्भीर घाइते भएका हुन्।  बिहीबार आफ्नै मिथिलेश कुखुरा पोल्ट्री फर्ममा कुखुरालाई दाना हाल्न गएको बेला करेन्ट लागेर उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ।

घाइते हजुरबा र नातिको उपचार स्थानीय स्तरमा भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुरका सहायक प्रहरी निरीक्षक देवेन्द्र गिरीले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्