ट्रकको ठक्करबाट तीन जनाको ज्यान गयो, स्थिति तनावग्रस्त (अपडेट)



सैघाली खबर, ९ कार्तिक ।
काठमाडौं तारकेश्वर नगरपालिका ५ लोलाङ्ग हाइटमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको छ । ना ६ ख ७८२६ नम्बरको ट्रकले ठक्कर दिदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

गोरखा शहीद लखन गाउँपालिका ७ बस्ने ७० वर्षीया पैदलयात्री तिलकुमारी तिवारीको घटनास्थलमै र उनका नाती ३ वर्षीय आजित तिवारीको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएकी सोही ठाउँ बस्ने नुवाकोट ककनीकी ६० वर्षीया सावित्री पुडासैनीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा ज्यान गएको हो ।

ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ । यसैबिच आफन्तिहरुले शव बुझ्न मानेका छैनन । चालकको लापरबाहिका कारण निर्दोष व्यक्तिहरुले ज्यान गुमाउनु परेको भन्दै परिवारले शव नबुझ्दा स्थिति तनावग्रस्त बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्