बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना



नवलपरासी : पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिका–११ बाहुनेकुनामा बस दुर्घटना हुंदा १६ जना घाइते भएका छन्।
बर्दियाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४२९ नम्बरको बसले बिहान ५ बजे सडक छेउमा रोकी राखेको ना ६ ख ५९२ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्