दाङका बालिका अन्तर्राष्ट्रिय सम्मेलनमा



दाङ १० कात्तिक । काठमाडौमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाका वालिकाहरुले पनि सहभागिता जनाएका छन् । टिच फर नेपालको आयोजनामा ६४ देशका ५ सय शैक्षिक व्यक्तिहरुले सहभागिता जनाएको सम्मेलनमा पशुपति मावि कक्षा ८ मा अध्ययनरत निमा चौधरी, कालाखोला मावि कक्षा ७ मा अध्ययनरत पुजा थापा र कक्षा ६ मा अध्ययनरत अनिशा वस्नेतले सहभागिता जनाएका हुन् । उनीहरुले विद्यालयमा सिकेका विभिन्न कलात्मक कुराहरुको प्रदर्शन गर्नुका साथै अन्तक्र्रिया कार्यक्रममा सहभागिता जनाएर दाङ्गको कला र सँस्कृतिको प्रवद्र्धन गरेको टिच फर नेपालका नेतृत्व विकास व्यवस्थापक माधव प्रसाद देवकोटाले जानकारी दिए ।

 


उनले समुदायमा आधारित विभिन्न कुराहरुको निर्माण गरेर वालिकाहरुले स्थानीय कलाकौशलको प्रदर्शन गरेको पनि जानकारी गराए । सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुले अवसर पाए सृजनशिल काम गर्न सक्छन् भन्ने उदाहरण उनीहरुले प्रस्तुत गरेका थिए । नेपालभरबाट १० जना विद्यार्थीहरुको सहभागिता रहेकोमा तुलसीपुर उपमहानगरपालिकाबाट मात्रै ३ जना वालवालिकाले सहभागिता जनाएका थिए । उनीहरुले विभिन्न माटोका कलात्मक भाडाका साथै वाँसको क्यान्डल समेत प्रदर्शनीमा राखेका थिए ।

 

माध्यमिक तहमा शुन्य दरवन्दी रहेका तुलसीपुरका ८ सामुदायिक विद्यालयहरुमा टिच फर नेपालमा १९ शिक्षकहरुले अँग्रेजी, गणित र विज्ञान अध्यापन गराइरहेका छन् । विश्वभरका टिच फर नेपालसँग सम्वद्ध व्यक्तिहरुको सहभागिता रहेको सम्मेलनमा स्थानीय तहको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सहभागिता जनाएका थिए । सामुदायिक विद्यालयलाई सुधार्ने प्रसस्त आधार रहेको भन्दै पाण्डेले टिचफर नेपालले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागे गरेको कामको प्रसंशा गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्