पत्रकार थापालाई पितृ शोक



 

दाङ,१० कार्तिक । रेडियो झरना र सैघाली खबरमा कार्यरत पत्रकार रोम थापालाई पितृ शोक परेको छ । उहाँका ५७ वर्षीय पिता दलबहादुर थापाको अहिले बेलुका साढे सात बजे मृत्यु भएको हो । घोराही उप–महानगरपालिका वडा नं.१९ लिथाङ निवासी थापाको घरम ै मृत्यु भएको परिवारले जनाएको छ । थापा एक्कासी बेहोस भएर लडेपछि मृत्यु भएको रोमले जानकारी दिनुभयो ।

थापा लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आउँनु भएको थियो । थापाका दुई छोरा र तीन छोरी रहनु भएको छ । मृतक थापाको भोली बिहान १० बजे लिथाङको सिक्री खोलामा अन्तिम दाहाँ संस्कार गरिने हुदा उपस्थितका लागि आफन्त ईष्ट मित्र सबैमा हुन जेठा छोरा पदम थापाले आग्रह गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्