पहिलो दिनमै झन्डै ९० प्रतिसत हर्न कम  तुल्सीपुरवासी उत्साहित



दिपक बोहरा, तुलसीपुर १२ साउन ।

तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको पहिलो दिनमै उल्लेखनिय सुधार देखिएको छ । तुलसीपुर बजार क्षेत्रमा सवारी चालकहरुले बुधवार बजार क्षेत्रमा हर्न विरलै सुन्नमा आयो । झन्डै ९० प्रतिसतले हर्न नबजाएको सरोकारवालाहरुको दाबी छ ।
सँधै जसो सवारी साधनको चर्कौ ध्वनी प्रदुशनले आजिद बजार बासी बुधवार भने फरक अनुभूति गर्न पाएका छन् । मोटर गाडिका प्याँ।।।प्याँ न पुँपुँ आवाजले आजिद बजार वासी बुधवार निकै शान्त पूर्वक बस्न पाएको अनुभव साटे । तुलसीपुरको वीपी चोक नजिकै कलरल्याव सञ्चालन गर्दै आएका सुदिप खड्काले पहिलो दिनमै यतिधेरै सुधार चमत्कार नै मान्नुपर्नै टिप्पनी गरे । ‘ मलाई विश्वास लागेको थिएन , तर, गरे सम्भव हुँदो रहेछ ।’ खड्काले भने । उनले बुधवार आफुले समेत हर्न नबजाएर पसल सम्म आएको बताए । ‘विस्तारै कुदाएमा कुनै समस्या हुँदो रहनेछ ।’ खड्काले थपे ‘ सबै अनुशासित भएमा अनावश्यक कोलाहलवाट बजार बासीले मुक्ति पाउनेछन् ।’

खड्का जस्तै सदाको ध्वनी प्रदशनले आजाति तुलसीपुरवासीले तुलनात्मक रुपमा निकै शान्ती महशुस गरेको प्रतिकृया दिएका छन् ।

बजार क्षेत्रमा सबै भन्दा बढि गाडिको हर्नले ध्वनी प्रदुशन हुँदा हुनेगर्छ । तर बजार क्षेत्रालाई बुधवार देखि नै हर्न निषेधितन क्षेत्र घोषणा गरिएपछि पहिलो दिनमै निकै सकारात्मक प्रभाव देखिएको छ । ‘पहिलेका दिनहरु भन्दा तुलसीपुर बजार निकै शान्त रह्यो ।’ तुलसीपुरको वाहिनी चोक नजिकै मकै पोल्दै बसेकी सुन्तली नेपालीले भनिन् । जानकारी नभएका सवारी चालकहरुले छिटपुट रुपमा हर्न बजाउने गरेपनि बुधवार आफूले निकै कमले मात्रै गाडिको हर्न बजाएको सुनेको उनले राप्ती समाचारलाई बताइन ।
बजार क्षेत्रका व्यापारी, नागरीक, पैदल यात्रुहरुले पनि अघिल्ला दिनको तुलनामा ध्वनी प्रर्दुशनमा निकै कमि आएको प्रतिक्रिया दिएका छन् । ‘ केटाहरुले आवश्यक नपर्दा समेत नजिकै ल्याएर चर्कौ हर्न बजाउँदै आजिद तुल्याउँथे तर अब त्यस्को अन्त्य हुने आशा गर्न सकिन्छ ।’ कक्षा १२मा अध्यनरत अस्मिता वलीले भनिन् । तर, उनले बजारको चोक चोकमा जेव्रा क्रसिङ निर्माण गर्नुको साथै फुटपाथको राम्रो व्यवस्था हुनुपर्ने बताइन । ‘समाज सुधारको लागि सवैको सहयोग चाहिन्छ।’ वलीले थपिन ‘ आवश्यक पर्दा उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थी उतारेर भएपनि चालकहरुलाई हर्न निषेधित क्षेत्रको महत्व वुझाउन आयोजक तयार हुनुपर्छ ।’

तुलसीपुरमा हर्न निषेध हुनुलाई यहाँका नागरिकले सकारात्मक रुपमा लिएका छन् । पहिलो दिनमै ठूलो सुधार देखिएको प्रति खुसी व्यक्त गर्दै विशाल शाहले यसलाई सफल तुल्याउन सबै जिम्मेवार वन्नुपर्ने बताए ।

तुलसीपुर क्षेत्रलाई शान्त र व्यबस्थित बनाउने उदेश्यले थालिएको हर्न निषेधको पहिलो दिनको सफलताले आफूहरु उत्साहित बनेको तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले बताए । ‘पहिलो दिनमै झन्डै ९० प्रतिसत हर्न कम बजेको पाइयो ।’ अध्यक्ष शाहले थपे ‘ अब यो घोषणालाई कसरी सार्थक तुल्याउन सकिन्छ भन्ने वारेमा हामी थप रचनात्मक उपाएहरुको खोजिमा जुट्ने छौं ।’ उनले चालकलाई सम्झाउने , स्टिकर टाँस्ने देखि क्लव र विद्यालयका विद्यार्थी बजारमा उतारेरै भएपनि सचेतना फैलाउने वारे सल्लाह भइरहेको बताए । उनले तुलसीपुर बजार क्षेत्र एक महिना भित्रै पुर्ण रुपमा हर्न निषेध क्षेत्र बन्ने गरि काम गरिने बताए । छिटपुट रुपमा केही सवारी चालकललाई जानकारी नहुँदा हर्न बजाउने गरेपनि थाहा पाएका धेरै सवारीचालकले आफूहरुले हर्न नबजाएको बताए । ‘तुलसीपुरको वसपार्कदेखि घोराही चोकसम्म आउँदा दर्जनौ ठाउँमा हर्न बजाउने गर्दथे, तर,बुधवार एक पटक पनि बजाएन ।’ तुलसीपुर–घोराहीमा सवारी चलाउने दिपेन्द्र चौधरीले भने ‘ सुरुमा असहजता भयो,तर प्रयास गरे सम्भव हुँदो रहेछ ।’ उनले सकारात्मक कार्यका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
यसैबीच वडा नं। ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले आजदेखि गाडिहरुमा ‘तुलसीपुर हर्न निषेधित क्षेत्र’ उल्लेखित जानकारी मुलुक स्टिकर टाँस्न सुरु गरिने बताएका छन् । साथै तुलसीपुरका बिभिन्न क्लब, बिद्यार्थी मार्फत त्यस्तो सचेतना फैलाउने उनले बताए । उनले भने‘ बिद्यार्थी तथा क्लब मार्फत सचेतना फैलाउन हामीहरुले बिद्यालय तथा क्लबहरुमा पत्रचार गरिसकेका छौं ।’ उनले सम्झाई बुझाई गर्दा पनि अटेरी गर्नेलाई ट्राफिक प्रहरीको सहयोगमा कारबाहीको दायरामा ल्याउने बताए । हर्न निषेध भएसंगै तुलसीपुुर शान्त हुने, हर्नबाट उत्पन्न हुने मानव स्वास्थ्यमा पर्ने असर न्यूनिकरण हुनुको साथै दुर्घटना न्यूनिकरण हुने शाहले आशा व्यक्त गरे । हर्न निषेध भएसंगै सवारी चालकहरुले बिस्तारै गाडि चलाउने र बजार क्षेत्रमा हुने दुर्घटनामा कमि आउने उनले बताए । साथै पैदल यात्रुलाई समेत जेव्रा क्रसिङ्ग निर्माण पछि त्यसवाट सुरक्षित यात्रा गर्नका लागि उत्प्रेरित गरिने जानकारी दिए । वर्षातले केही समस्या पारेको हुँदा अध्यक्ष शाहले तत्कालै तुलसीपुरका चोकचोकमा धमाधम जेव्रा क्रसिङ्ग निर्माण गरिने बताए ।
तुलसीपुरमा हर्न निषेध भएसंगै ट्राफिक व्यबस्थापनमा पनि सहज हुने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देवबहादुर खत्रीले आशा व्यक्त गरे । हर्न निषेध भएसंगै दुर्घटनामा पनि कमी आउने उनको विश्वास छ । उनले भने‘ हर्न निषेध भएसंगै चालकले सिमित गतिमा सवारी सञ्चालन गर्ने भएकाले दुर्घटनामा पनि कमी आउनेछ ।’ तुलसीपुरलाई हर्न निषेध भएसंगै त्यसको व्यबस्थापनका लागि उचित पार्किङ्गको व्यबस्थापन हुन जरुरी रहेको भन्दै उपमहानगरपालिकाले पार्किङ्गको पनि उचित व्यबस्थापन गर्नुपर्ने उनले बताए । मंगलवार तुलसीपुरका ६ स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका होडिङ्गबोर्ड स्थापनि गरिएको छ । साउन एक गते नव निर्वाचित वडा अध्यक्ष विरेन्द्रकुमार शाहको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले बुधबार देखि तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउने घोषणा गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्